चैत २६, २०७७ बिहिबार


एजेन्सी। बेलायतस्थित म्यानमारका राजदूतलाई आफ्नै दूतावासमा प्रवेश निषेध गरिएको छ ।

राजदूूत क्यर वार मिन्लाई म्यानमारका सैनिक सहचारीले अब उनी देशको प्रतिनिधि नरहेको भन्दै बुधबार दूतावासबाट बाहिरिन भनेका थिए । ‘मलाई बाहिर निकालियो,’ उनले रोयटर्सलाई भने ।

फेब्रुअरी १ मा म्यानमारको सैनिकले संकटकाल घोषणा गर्दै आफ्नो हातमा सत्ता लिएपछि सेनाको कमदको विश्वव्यापी विरोध भइरहेको छ ।म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई सेनाले नियन्त्रणमा लिएसँगै उनको रिहाई माग्दे सबैमाथि सेनाले हिंसा मच्चाएकोे छ ।

मिन्ले सेनाको यस्तोे किसिमको हर्कतले देश विभाजन हुन सक्ने र अर्को द्वन्द्व मच्चिने भन्दै नेतृ सूचीलाई रिहा गर्न माग गरेका थिए ।हालसम्म म्यानमारमा सूचीको रिहा माग गर्ने पाँच सय भन्दा बढी नागरिकलाई सेनाले मारिसकेको छ ।

बुधबारको घटनालाई मिन्ले बेलायतमा एक्कासी उनीबाट शक्ति खोसिएको रुपमा वर्णन गरेका छन् ।‘यस्तो किसिमको षडयन्त्र हुनै सक्दैन,’ म्यानमारस्थित दूतावासको सडकपेटीमा बसेर मिन्ले भने ।