साउन २६, २०७९ बिहिबार

मिटर-ब्याजीलाई कानूनी दायरामा ल्याएउने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दाबी गरेका छन् । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा आईजीपी सिंहले मिटर–ब्याजीको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन् । 

‘हामीले मिटर–ब्याजीको विषयमा शून्य सहनशीलता अपनाएका छौँ, प्रहरीमा उजुरी आएका मिटर–ब्याजीलाई कारबाहीको दायरामा ल्याएका छौँ, आईजीपी सिंहले भने, ‘सीआईबीमा उजुरी दिनुभयो भने छिटो सम्बोधन हुन्छ ।’
उनले सीआईबीले आर्थिक अनियमितताको विषयमा देशैभरि हेर्ने भएकाले यसको अनुसन्धान सजिलो हुने बताए । तराईका केही साहुहरूले मिटर–व्याजमा पैसा असुल गरेको भन्दै उनले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उनीहरूको अधिकांश विषय जिल्लाका प्रमुख र सीआईबी प्रमुखले समस्या समाधान गरेको बताए ।

‘आन्दोलनमा आउनु भएका धेरैजसोको सीआईबी र सम्बन्धित जिल्लाका प्रमुखले समाधान गर्नु भएको छ,’ आईजीपी सिंहले पत्रकारसँगको अन्तरक्रियामा भने ।