साउन २९, २०७९ आइतबार

नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ। युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ८७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर आज १५४ रुपैयाँ १७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ९० पैसा तोकिएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५८ पैसा र बिक्रीमा १०० रुपैयाँ ५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३४ रुपैयाँ २ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ६३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ९१ पैसा तोकिएको छ।