चैत २६, २०७७ बिहिबार


काठमाण्डौ। चलचित्र ‘रिभेन्ज’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमन कुमार देवको निर्माणमा चलचित्र तयार भएको छ ।

चलचित्रमा शङ्कर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ । पोस्टरले चलचित्रको छवि उजागर गरेको निर्देशक अधिकारीको भनाइ छ । चलचित्रमा खगेन्द्र घिमिरे ,रोशन बिसी, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा, रेणु थापा, माया चाहर, पदम सुनार, आर जे भिलेनको अभिनय रहेको छ ।

चलचित्रमा कृष्ण पाण्डेको छायाङ्कन, राजन महर्जनको नृत्य, देव महर्जनको द्वन्द्व, सानु सबिकको ड्रोन, विश्वास भण्डारीको सम्पादन रहेको छ । चलचित्रका गीतहरूमा नित्याशिवा, दीपक लिम्बु, पूर्ण सापकोटा र दिलु श्रेष्ठको स्वर रहेको छ । चलचित्र अगामी असारमा प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।