काठमाण्डौ: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् ।
गएराति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै बार्सिलोना र भालेकानोले अङ्क बाँडेका छन् । दुवै टोलीले एक/एक अङ्क जोडेका छन् ।