इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो ।
आगलागीको कारण थाहा हुन सकेको छैन । प्रहरीको आरम्भिक अनुसन्धानमा बिजुलीको शर्ट सर्किट जिम्मेवार रहेको बताइएको छ ।
आगो निभाउनका लागि १५ वटा दमकल पठाइएको थियो । एम्बुलेन्सहरूले घाइतेलाई नजिकैका अस्पताल पुर्याएका थिए ।