युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको पेस्की शहरमा रुसी सेनाको पूर्ण नियन्त्रण कायम रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यस शहरमा रहेका युक्रेनी सैनिकहरू आफ्नो पोजिसन छोडेर भागेका छन् । उनीहरू नीप्रोपेट्रोव्स्कतर्फ गएको बताइएको छ ।
पेस्कीमा भएको भयंकर लडाइँमा खटिएका युक्रेनी सैनिकमध्ये ७० प्रतिशतको मृत्यु भएको बताइएको छ । त्यस क्षेत्र नजिक रहेका युक्रेनी सैनिकको नैतिक र मनोवैज्ञानिक स्थिति कमजोर छ ।