साउन ३०, २०७९ सोमबार

काठमाडौँ — उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधन धुनीबेंसी–१ मा फोहोर बिसर्जन गरिसकेका र लिएर गएका गाडी त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले रोकिदिएका छन् ।

बिहान ४ बजे काठमाडौंबाट छुटेका ६५ गाडीलाई फोहोर बिसर्जन गरिसकेपछि काठमाडौं फर्कन नदिइएको र पछि पुगेका झन्डै सय वटा गाडीलाई धुनीबेंसी–१ मा रोकिएको महानगरको वातावरण व्यवस्थापन विभाग ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।
आइतबार कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्त रूपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहोरमैला दीर्घकालीन रूपमा बन्द गर्न आग्रह गरेका थिए ।