साउन ३०, २०७९ सोमबार

काठमाण्डौ: साविक विजेता रियल मड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा रियल मड्रिडले अल्मेरियाविरुद्ध २–१ गोलको जित निकाल्यो । रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे।

अल्मेरियाका लागि लार्जी रामाजानीले गोल गरे । जितसँगै साविक विजेता रियलले तीन अङ्क जोड्यो।