काठमाण्डौ – सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेबिटरक्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ । साथै लकर शुल्कमा ७५५ छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी पहिलो पीओएस कारोबारमा १०५ वा अधिकतम पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ ।
यो योजना २०७९ भदौ १ देखि १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । साथै क्यासब्याक योजना २०७९ भदौ मसान्तसम्म लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा एटीएम सञ्चालनमा रहेका छन् ।