साउन ३१, २०७९ मंगलबार

काठमाडौं । विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो ।

नेपालको विराटनगरमा भएको अघिल्लो महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो । अब महिला साफमा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।