काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्दै बल्खु खोलामा जोडिएको जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको र छिमेकलाई बाधा परेको भन्दै बजार हटाउन निर्देशन दिएको हो ।
महानगरले फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरीपरेपछि उक्त खसी बजार हटाउन भनेको हो ।
महानगरपालिकाले १५ दिनभित्र उक्त जग्गामा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको र अन्यथा कानुन अनुसार हटाइने चेतावनी दिएको छ ।
