बुधबार एक समारोहका बिच हिम पर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड बिच त्रिपुरेश्वर, काठमाडौंमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेड का तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार सि।बि।आई।एल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागँु खोला जलविद्युत आयोजना र ५.५० मे।वा।को सागँु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे।वा।को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।