भदौ २, २०७९ बिहिबार

काठमाडौं: गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षण डा भावना रेग्मीलाई सफाई पेश गर्न सात दिने सूचना जारी गरेको छ। गत २० चैत देखि ३० दिनको विदामा बसेकी डा रेग्मी विना जानकारी अनुपस्थित भएकी छन्।

गृह मन्त्रालयले गत २६ बैशाखमा हाजिर हुन आउनुपर्ने आफ्नो कर्मचारी जानकारी विना लामो समय हाजिर नभएपछि स्थायी ठेगानमा समेत खोजविन गरेको थियो। तर त्यसो गर्दा पनि नभेटिएपछि सार्वजनिक सूचना जारी गरेको हो।