भदौ २, २०७९ बिहिबार

माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड प्रदान गरेको छ ।

देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले संघलाई क्युआर हस्तान्तरण गरेको बैंकले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।  

राजधानीमा मंगलवार आयोजित एक औपचारिक कार्यक्रममा संघका अध्यक्ष  राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी  माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका थिए  । 

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।