भदौ २, २०७९ बिहिबार

क्रिप्टोकरेन्सीलाई अवैधानिक घोषणा गर्न नमिल्ने जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरू सागर बराल, दीपेश ढकाल, कोशिश गिरी, सम्पूर्ण बस्नेत र सौगात राज बरालले क्रिप्टोकरेन्सी गैरकानूनी रहेको भनी राष्ट्र बैंकले जारी गरेको सूचना खारेज गर्न मागसहित राष्ट्र बैंकदेखि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय समेतलाई विपक्षी बनाई बिहीवार रिट दायर गरेका हुन् ।

क्रिप्टोकरेन्सीलाई गैरकानूनी भन्न स्पष्ट आधार नरहेकाले एक उच्चस्तरीय अध्ययन समिति गठन गरी त्यसको सुझावका आधारमा विधेयक तयार पारी कानून निर्माण गर्ने गरी आवश्यक आज्ञा आदेश गर्न समेत रिटमा माग गरिएको छ ।

साथै निवेदकहरूले यो रिटको अन्तिम किनारा नलागेसम्म क्रिप्टो कारोवार, प्रयोग वा माइनिङ गरेको अभियोगमा कसैलाई पनि पक्राउ नगर्नरनगराउन अन्तरिम आदेशको माग समेत गरेका छन् ।