भदौ २, २०७९ बिहिबार

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ८२ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परीक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जना निको भइसकेका छन् ।

हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।