भदौ ५, २०७९ आइतबार

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)को बाँडफाँड मिति तय भएको छ । बिक्रि प्रबन्धक सनराईज क्यापिटलका अनुसार संस्थाको आईपिओ बाँडफाँड भदौ ७ गते मंगलबार गर्ने तयारी भइरहेको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिने छ ।

अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।