भदौ ६, २०७९ सोमबार

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।

गएराति राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे।​ सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। 

यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ। बार्सिलोना पाँचौं स्थानमा रहेको छ।​ सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

गएराति नै भएको अन्य खेलेमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २–०ले पराजित हुँदा एट्लेटिको बिल्बाओले भ्यालेन्सियालाई १–०ले हरायो।