भारतमा कोरोना भाइरसको संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३१ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार कोभिड–१९ का कारण ७८० जनाको ज्यान गएको छ । सरकारी तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ६७ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार भन्दा बढि छ भने अहिलेसम्म ९ करोड ४३ लाख भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
भारतमा कुल संक्रमितको संख्या एक करोड ३० लाख भन्दा बढि पुगेको छ ।