भदौ ७, २०७९ मंगलबार

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले श्रावण १८ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१.५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।