काठमाडौं : दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं.३ का अभिनय कार्कीले गत फाल्गुन ६ गते झापाको मेची पुलबाट आफ्नो जन्मदिनको अवसर पारेर "विश्वभर सुख, शान्ति, समृद्ध र राष्ट्रिय एकताको कामना" सहित सय भन्दा बढी देशहरुको राष्ट्रिय झण्डा बोकेर पुर्व मेची देखि पश्चिम महाकाली एक्लै पैदल हिडेर पुग्ने लक्ष्य सहित सुरु गरेको आफ्नो पैदल यात्रा सफलताको साथ सम्पन्न गरेका छन् ।
आज बिहान अर्थात् शुक्रबार ९:३० बजे ३७ औं दिनमा कञ्चनपुरको गड्डा चौकी स्थित नेपालभारत सिमा स्तब्ध ८०५ -१(७) मा आएर सम्पन्न भएको उनले जानकारी गराएका छन् । करिब २ महिना लाग्ने अनुमान गरेका उने ३७औं दिनमा पूरा गरेकाे समेत उनले बताए । साथै उनी आजै कञ्चनपुरको गड्डाबाट काठमाडौं फर्कने समेत बताएका छन् ।
साथै उनले यस कार्यमा सहयोगी व्यक्तिहरु प्रती आभार समेत व्यक्त गरेका छन् ।