भदौ ८, २०७९ बुधबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाइएको छ । जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।

विष्टले जबराअघि अन्य सदस्यहरुसँग पनि बयान लिने काम गरिने बताए । आजको बैठकले समितिको कार्यविधि र कार्यतालिका समेत टुङ्ग्याएको उनले छ । समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको थियो ।