चैत २८, २०७७ शनिबार

काठमाण्डौ। पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पियनको टुंगो आज लाग्दै छ। च्याम्पियनका लागि नेपाल एपिएफ क्लब र सुदुरपश्चिम प्रदेश आज दिउसो ११ बजे पश्चात टियु मैदान कीर्तिपुरमा भिड्दै छन्। 

समुह चरणमा अपराजित रहदै फाईनलको यात्रा तय गरेको नेपाल एपिएफ क्लब प्रतियोगितामा बलियो देखिएकोमा समुह चरणमा एपिएफ क्लब बाहेकका टोलीसॅंग फराकिलो अन्तरले जित हासिल गर्दै फाईनलको यात्रा गरेको सुदुरपश्चिमलाई कमजोर टोली आक्न अवश्य पनि मिल्दैन। 

सुदुरपश्चिम समुह चरणमा ब्यहोरेको हारको बदला लिन मैदान उत्रदा एपिएफ जितलाई निरन्तरता दिई उपाधी उचाल्ने मनसायमा रहने हुदा यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ। 

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।