बुधबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएका बेला हतकडीसहित भागेका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् ।
रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।
उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।