भदौ ९, २०७९ बिहिबार

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो ७ औँ साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको भदौ ९ गते बिहिबार बिहान बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ७ औ बार्षिक साधारणसभा भदौ ३० गते बिहिबार कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचनामा साधारणसभाको कुनै एजेण्डाहरु समेत सार्वजनिक गरिएको छैन । कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सूचनामा कुनै पनि एजेण्डाहरु सार्वजनिक गरिएको छैन । 

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

कम्पनीको सूचनाः

630700e268792.jpg