चैत २८, २०७७ शनिबार

 

 काठमाण्डौं।  पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको लिग चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिससँगको खेल दौरान नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका महत्वपुर्ण सदस्य हरि अधिकारी दुई महिना कोर्ट बाहिर रहने भएका छन् ।

उनको नोबेल अस्पतालमा भएको एक्सरेलगायत अन्य रिपोर्ट हेर्दा उनले दुई महिना विश्राम लिनुपर्ने भएको छ।

हरिले २०७३ मा माल्दिभ्समा भएको तेस्रो एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपपछि राष्ट्रिय टोलीबाट डेब्यु थिए । 

नेपाल भलिबल संघले लिग अवधिभर खेलाडी र अफिसियलको विमा गरिने जनाएको थियो । अब संघले नै उनको उपचार खर्च विमा रकमबाट उपलब्ध गराउने छ ।