काठमाडौं : मोफसलकै सर्वाधिक चर्चित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज १९औं संस्करणको फाइनल खेल हुदैछ ।
१ बजेबाट पोखरा रंगशालामा सुरु हुने खेलमा ए डिभिजन क्लब संकटाले अफ्रिकन रुट्स एसोएिसन सामना गर्दैछ ।
त्यस्तै यसअघि पोखरा रंगशालामा बिहिवार भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली तथा साविको उपविजेता नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट फाइनलमा पुगेको हो ।यता संकटाले पनि एपीएफलाई समान २-० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।