विराटनगर महानगरले बिहीबार १ अर्ब ६३ करोड बेरुजु रहेको आर्थिक श्वेतपत्र जारी गरेको छ । उक्त श्वेतपत्रमा आर्थिक अनुशासनतर्फ २०७४/७५ मा ६१ करोड ८९ लाख रहेको महानगरको बेरुजु २०७७/७८ सम्म आइपुग्दा बढेर १ अर्ब ६३ करोड पुगेको उल्लेख छ ।
ओएनएम अवलम्बन नगरी कर्मचारी भर्ना गर्दा हाल महानगरमा ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र रहेको बताइएको छ। जसमा ३४४ जना अस्थायी र करारका कर्मचारी रहेका छन्। कुल कर्मचारीमध्ये २७६ जना श्रेणीविहीन स्तरका रहेका छन्।