एजेन्सी : स्पेनिस ला लिगा फुटबल आज राति रोमाञ्चक भिडन्त हुदैछ । बहुप्रतिष्ठित खेलको रुपमा हेरिएको दुई ठूला स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनाबीच हुने खेल जुन ``एल क्लासिको´´ नामले चर्चित छ ।
विगत देखि वर्तमानमा अवस्थामा पनि यी दुई टोलीबीच खेल निकै रोमाञ्चक हुने गर्दैछ । यो खेल फिफा विश्वकपको फाइनल खेल पछि सर्वाधिक धेरैले हेरिने गरेको पाइन्छ । तर हाल कोरोना महामारीको कारणले दर्शक विना रंगशालामा हुने गर्दछ ।
नेपाली समयअनुसार आज राति यी दुई टोलीबीचको खेल १२:४५ बजे सुरु हुनेछ । उक्त खेल रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुनेछ ।
आज हुने खेलमा दुवै टोली एक अर्कोविरुद्ध जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । जारी सिजन उपाधि होडमा रहेका दुवै टोलले आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । कुल २९ खेलबाट ६३ अङ्क जोड्दै रियल लिगको तेस्रो स्थानमा छ । यता समान खेलबाट ६५ अङ्क जोडेको बार्सिलोना दोस्रो र ६६ अङ्क जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै आजको खेलमा घरेलु टोलि रियलका आफ्नो मुख्य केही खेलाडीहरु उपलब्ध नहुने भएका छन् । एल क्लासिको इतिहासमै सर्वाधिक ४३ खेल खेलका रियलका कप्तान सर्जियो रामोस उपलब्ध नहुने भएका छन् , त्यस्तै इडेन हजार्ड, राफेल भरान र डानी कार्भाहाल बिना घरेलु टोली मैदान उत्रिनेछ । रियल म्याड्रिड बार्सिलोनाविरुद्ध पछिल्लो ३ खेल(२ जित,१बराबर) मा अपराजित रहेको छ ।
त्यस्तै यता पाहुना टोली बार्सिलोनाका मुख्य डिफेन्स जेराड पिके उपलब्ध हुने छन् । चोटको कारण मैदान बाहिर रहेका जेरार्ड पिके टोलीमा फर्किएका छन् ।
पछिल्लो ५ भेटमा को बलियो ?
पछिल्लो ५ खेलमा हेर्ने हो भने दुवै टोलिले समान २/२ खेल जितेका छन्, भने १ खेल गोलरहित बराबरीमा सकिएको छ । जसमा दुवै टोलीले समान ५/५ गोल गरेका थिए । पछिल्लो २ भेटमा हेर्न हो, भने रियल निकै बलियो रहेको छ । जसमा ला लिगा अन्तर्गत पहिलो लेगमा रियलले बार्सिलोलाई उसैको मैदानमा ३-१ गोलले स्तब्ध पारेको थियो ।