काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ खाली गराएका छन् । साहले आज (शुक्रबार) राहदानी विभागको अन्डरग्राउन्ड पार्किङको अनुगमन गरी खाली गराएका हुन् ।
अनुगमनका क्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएका छन् ।