काठमाडौं : ६औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुदैछ ।
विराटनगरस्थित सहिद रङ्गशालामा आज साझ हुने पहिलो क्वाटरफाइनलको खेलमा विराटनगर - ११ र ले भारतको वेस्ट बङ्गालको सामना गर्दैछ । उक्त खेल ६:३० बजेबाट सुरु हुनेछ ।
त्यस्तै विराटनगर ११ रले नेपाल आयल निगम क्लब मनाङ मर्स्याङदी सँग खेल्ने तालिका रहेको थियो तर अन्तिम समयमा आएर केहि प्राविधिक समस्या रहेको भन्दै विराट गोल्डकप नखेल्ने निर्णय गरेको थियो । जसको कारण भारती वेस्ट बङ्गालको टोलीलाई अन्तिम समयमा प्रतियोगितामा समावेश गरेको छ ।
यस अघि हिजो सम्पन्न खेलमा गोर्खा ब्वाइजलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै भारती पञ्जाब पुलिस विराट गोल्डकपको अघिल्लो चरणमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी सकिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो तर अतिरिक्त समयको ३० मिनेटमा पनि दुईवटा टोलीबाट गोल हुन नसके पछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
पेनाल्टीमा गोर्खा ब्वाइजका आशिष गुरुङ र अजित गुरुङ पेनाल्टीमा चुकेका थिए । शक्ति राई र गाैरव श्रेष्ठले गोल गरे । यता पञ्जाबका सरजित सिंह, जितेन्द्र सिंह , बलजित सिंह र अर्शदीप सिंहले गोलको जाली चुम्यो ।
त्यसअघि निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकियो थियो । तर दोस्रो हाफको खेलको ८०औं मिनेटमा गोर्खा ब्वाइजको लागि शक्ति राईले सुन्दर गोल गरेको थिए । त्यस्तै गोर्खा जितको नजिक पुगेको थियो तर अतिरिक्त समयको पहिलो मिनेटमा सम्हालीन नसक्दा अघिल्लो पुग्ने सम्भावना घुमाएको हो ।