सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण २०७९ साल भदौ ९ गते बिहीबारको दिन होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरि रहेका ४८ हजार अभिकर्ताहरूमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरू, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो ।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा कम्पनीको प्रतीक ‘झण्डा’को विमोचन गरिएको थियो ।
कार्यक्रमको मुख्य अतिथि डा। भगवान कोइरालाको उपस्थित थिए । प्रमुख अतिथि डा। कोइरालाले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिए । उनले उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरूलाई प्रेरित गरेका थिए ।
सिटिजन लिडरहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरूलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए । उनले आगामी दिनमा बीमामा आवद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरूलाई प्रेरित गरे ।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे । उनले कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरू, ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं नवीनतम् जीवन बीमा योजनाबारे जानकारी दिएका थिए । व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरूसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको उनले बताए ।
समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कम्पनीले आजको मितिसम्म हासिल गरेको सफलतामा गौरब रहेको भावना व्यक्त गरे । यस संस्थाले सधै आफूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउँदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गरेका बधाई साथै शुभकामना व्यक्त गरे ।