फागुन ९, २०७७ आइतबार


काठमाण्डौ।
नेपाल फुटबलका भरपर्दा र महत्वपूर्ण  फुटबलर बिमल घर्ती मगरको शल्यक्रिया आगामी फागुन २५ गते हुने भएको छ। उनको खुट्टाको शल्यक्रिया कतारको एक अस्पतालमा हुदैंछ। शल्यक्रियाको लागिबिमल केही सातादेखि कतारको राजधानी दोहामा रहेका छन। 

कोरोना र अन्य विरामीको चापको कारणले उनको शल्यक्रिया केही ढिला भएको अखिल नेपाल फुटबल संघका एक पदाधीकारीले जनाएका छन्।

उता कतारमा केही दिन अघि शल्यक्रिया गराएका  नेपाली फुटबलर बिक्रम लामा हाल दोहामा उपचारपछि आराम गरिरहेका छन। उनिहरु दुबैको उपचारकालागि कतार फुटबल संघले सहयोग गरिरहेको छ।

यी दुबै खेलाडीले विश्वकप फुटबलको छनौट चरण गुमाउने छन। लामा ३ वर्षअघि थ्रि स्टार क्लबबाट खेल्ने क्रममा घाईते भएका थिए। उनको त्यो चोट बल्झिएपछि खेल्न असमर्थ भएका थिए।बिमल भने राष्ट्रिय टिमको प्रशिक्षणको बेला घाईते भएका थिए। उनको घुँडामा गम्भीर चोट लागेको थियो। यसअघि फुटबल खेलाडी नवीन महर्जन र रविन श्रेष्ठलाई उपचारका लागि कतार पठाईएको थियो।