चैत २८, २०७७ शनिबार

काठमाडौं : मोफसलकै सर्वाधिक चर्चित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता १९औं संस्करणको उपाधि संकटा क्लबले जितेको छ । 

शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा ए डिभिजन क्लब संकटाले अफ्रिकन रुट्स एसोएिसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । 

उक्त प्रतियोगिताको विजेता संकटाले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले अफ्रिकन रुट्सले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ । 

त्यस अघि खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय दुवै टोली बाट १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे । त्यस्तै सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए ।

यता अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।