प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु बंशीराज दाहाल, ई.किशोर प्रधान, कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुल बहादुर नेम्वाङ्ले, दुर्गा प्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्याल समक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सशस्त्र प्रहरी बलका राष्ट्रसेवकलाई जिम्मेवारीप्रति अझ बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।