इंग्लिस प्रिमियर लिग फुटबल शीर्ष स्थानको म्यान्चेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ ।
शनिबार साझ सम्पन्न खेलमा सिटी घरेलु मैदानमै २-१ गोल अन्तरले स्तब्ध भएको हो । पाहुना टोलि लिट्सको जितमा स्टुअर्ट डल्सले २ गोल गर्दा घरेलु टोलीका लागि फेरान टोरेसले एक सान्त्वना गोल फर्काए ।
उक्त जित सँगै ३१ खेलबाट ४५ अंकसहित लिड्स युनाइटेड अंक तालिमको ९औं स्थानमा उक्लिएको छ । यता पराजित सिटी भने ३२ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा यथावत् रहेको छ ।
त्यस्तै यता अर्को खेलमा लिभरपुलले एष्टन भिल्लामाथि २-१ गोलको जित निकालेको छ ।