चैत २८, २०७७ आइतबार

एजेन्सी : बहुप्रतिष्ठित खेलको रुपमा हेरिएको दुई ठूला स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनाबीच सम्पन्न ``एल क्लासिको´´ मा रियल मड्रिड विजयी भएको छ । 

आइतबार बिहान सम्पन्न खेलमा रियलले घरेलु मैदानमा बार्सिलोनामाथि २-१ गोलको जित निकाल्दै शीर्ष स्थानमा कब्जा जमाएकाे हो ।

घरेलु टोली रियलको जितमा करिम बेन्जेमा र टोनी क्रुसले १/१ गोल गरे । यता बार्सिलोनाको लागि ओस्का मिङ्गेजाले एक सान्त्वना गोल गरे । 

पहिलो हाफमेै २-० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप गोल भने गर्न सकेनन् । खेलको १३औं  मिनेटमा बेन्जेमाको गोलबाट आग्रता बनाएको रिलले २७औं मिनेटमा क्रुसको गोलबाट २-० गोलको अग्रता बनाएको थियो ।

त्यस्तै दोस्रो हाफमा निकै सुन्दर अवसर खेर पालेको रियलले ६०औं मिनेटमा गोल खान पुगेको थियो । त्यस्तै खेलको अन्तिम मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो । रियलका क्यासिमेरोले दोहोर पहेँलो कार्ड खादै मैदान छाडेका थिए ।

उक्त जित सँग रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ३० खेलबाट ६६ अंक बनाएको रिलले दोस्रो स्थानको एथ्लेटिलाई अंक बराबरी बनाउँदै पछि को हो । यधपी उसले एक खेल कम खेलेको छ । त्यस्तै यता पराजित बार्सिलोनाको भने समान ३० खेलबाट ६५ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

यो सँगै रियलले ``एल क्लासिको´´ मा लगातार तेस्रो जित निकालेको छ । यी सबै ला लिगा अन्तर्गतका खेलहरु पर्दछन् । यस अघिल्लो रिलले पहिलो लेगमा ३-१, त्यस्तै अघिल्लो सिजनको दोस्रो लेगमा २-० गोलको जित निकालेको थियो । 

त्यस्तै रियलले ``एल क्लासिको´´ मा ९८औं जित दर्ता गरेको छ । यता ९६ खेल बार्सिलोनाले आफ्नो पोल्टामा पारेको थियो । बार्सिलोनाका कप्तान मेस्सी रोनाल्डोले रियल छाडेपछि एल क्लासिकोमा लगातार गोल विहिन बनेका छन् ।