काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी-२० क्रिकेट खेल आज दिउँसो पौने ४ बजे नैरोबीको जिमखाना क्रिकेट मैदानमा सुरु हुदै छ । ५ खेलको शृङ्खला १-१ को बराबरीमा रहेको छ । पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो ।
नेपाल र केन्याबीच चौंथो टी-२० भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ ।
टी-२० पछि नेपालले घरेलु टोलीसँग एकदिवसीय शृङ्खला खेल्नेछ ।