भदौ १२, २०७९ आइतबार

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नेमाउथलाई ९–० गोल अन्तरले हराएको हो। लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले २–२ गोल गरे ।

यस्तै हार्भे इलियोट, ट्रेन्ट एलेक्सजेण्डर आर्नोल्ड, भिर्गिल भान डाइक र फाबियो कार्भाल्होले एक एक गोल गरे। बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरे।

लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो। खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। छैटौं मिनेटमा इलियोटले गोल गर्दा लिभरपुल २–० ले अघि रह्यो। खेलको २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता ३–० को बनाए। ३१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमको अग्रता ४९० को बनाए। खेलको ४५ औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल –९० ले अघि रह्यो ।

खेलको ४६ औं मिनेटमा क्रिसले आत्मघाती गोल गर्दा लिभरपुल ६–० ले अघि रह्यो। ६२ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–० को अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८–० ले अघि रह्यो। त्यसपछि खेलको ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९–० को जित दिलाए।

लिभरपुलको यो पहिलो जित हो। जितसँगै लिभरपुलले ४ खेलमा ५ अंक जोडेको छ।