भदौ १२, २०७९ आइतबार

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ ।  नेप्से ३३.३६ अंक घटेर १९८९ अंकमा कायम भएको हो । कुल २ अर्ब ५ करोडको कारोबार भयो ।

बैंकिङ १०, विकास बैंक ९४, फाइनान्स ६४, होटल तथा पर्यटन ७१, जलविद्युत् ८१, जीवन बीमा ११४, उत्पादन ६३, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा १६५, अन्य १२ र व्यापार उपसमूह ५० अंक घटे । १८२ कम्पनीको मूल्य घट्दा ५ को बढ्यो भने एउटा स्थिर रह्यो । राधि विद्युत्‌को मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणकाबेली, शिवम् सिमेन्ट, अपी पावर, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमश: अगाडि रहे ।