एजेन्सी। भारतमा जारी चौधौं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्स माथी फराकिलो जित हात पारेको छ।
रिषभ पन्तले पहिलो पटक कप्तानी गरेको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्स माथी फराकिलो जित हासिल गरेको छ। गय राती मुम्बईमा सम्पन्न खेलमा चेन्नाई ७ विकेटको फराकिलो अन्तरमा पराजित भएको हो।
मुम्बईमा टस हारेर पहिले ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो। उसका लागि सुरेस रैनाले सर्वाधिक ५४ रन जोडे भने मोईन अलिले ३६ तथा साम करनले ३४ रनको पारी खेल्दा क्रिस वोक्स तथा आवेश खानले समान २/२ विकेट लिए।
१८९ रनको मध्यम लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभरमा तिन विकेट गुमाएर लक्ष्य भेट्यो। उसका लागि ओपनरद्वय पृथ्वी शा र शिखर धवनले अर्ध शतकिय पारी खेले उनीहरुले क्रमश: ७३ र ८५ रन बनाए। चेन्नाईका लागि सार्दुल ठाकुरले २ विकेट लिए।
आज आईपिएलमा सनराईजर्स हैदराबाद र कलकत्ता नाईट राईडर्स खेल्दै छन्।