भदौ १२, २०७९ आइतबार

प्रेमशिला यादव, सिरहा, १२ भदौ - माँ काली महिला साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष सीतादेवी यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा.नवीनकुमार यादव कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो ।

विशिष्ट अतिथिमा सहकारीका प्रबन्धक राजकुमार यादव रहनुभएको थियो ।

ग्रामिण भेगका किसानहरूको जीवनस्तर उकास्न तथा किसानहरूको समस्या सामाधानका लागि उक्त संस्थाको स्थापना भएको हो । संस्था जनताको हितका लागि काम गर्दै अगाडि बढी रहेको आयोजकले बताए ।