भदौ १३, २०७९ सोमबार

काठमाडौं: एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। 

दुबई अन्तर्राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। 

भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५÷३५ रन बनाउँदा हार्दिक पाण्डेयले अविजित रहदै ३३ रन बनाए।  पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलब ५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो। पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए।

इफ्तिखर अहमेदले २८ रन जोड्दा शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए।  भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए । हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए।