भदौ १३, २०७९ सोमबार

काठमाडौं महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्त गरेको छ ।

आफूलाई महानगरले कानुनी सल्लाहकारको जिम्मेवारी दिएको तर सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले बताए।

सुरुमा ६ महिनाका लागि सम्झौता हुने पनि उनको भनाइ छ।