भदौ १३, २०७९ सोमबार

अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको  नेप्सेमा सोमबार सामान्य वृद्धि भएको छ । सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । 


तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीबन बीमा, म्यानु एण्ड प्रो र जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् । 


आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७।४८ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा रुरु जलविद्युत कम्पनीका सेयरधनीहरुले ५।७० प्रतिशतले गुमाएका छन् ।