चैत २९, २०७७ आइतबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसमाथि ४–१ गोलअन्तरको शानदार जित दर्ता गराएको छ । 

शनिबार राति चेल्सीले क्रिस्टललाई उसैको मैदानमा हराएको हो चेल्सीको जितमा  क्रिस्टियन पुलिसिकले २ गोल गर्दा काइ हाभर्ट्ज र कर्ट जौमाले समान १/१ गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकले १ गोल फर्काए ।

खलको ८औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । १०औं  मिनेटमा पुलिसिकले र ३०औँ मिनेटमा जौमाले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ३–० गोलको आरामदायी अग्रता दिलाए ।

त्यस्तै ६३औँ मिनेटमा बेन्टेकले एक गोल फर्काए । त्यसपछि ७८औँ मिनेटमा पुलिसिकले दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ गोलको जित दिलाए ।

उक्त जित सँगै चेल्सीले ३१ खेलमा ५४ अङ्क जोडेको छ । चेल्सी अङ्क तालिकाको चौथो स्थानमा छ । यता पराजित क्रिस्टल प्यालेस भने ३८ अङ्कका साथ १३औँ स्थानमा छ ।