आइतबार पहाडी क्षेत्रमा आंशिक बदली रही देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुमा पश्चिमी वायुको समेत आंशिक प्रभाव भएकाले पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको हो । अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रका मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागमा आइतबार दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । क्षेत्रका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै देशका पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।