भदौ १४, २०७९ मंगलबार

काठमाडौँ — एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन तथा नैतिक समितिले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गरेको छ । (एएफसी)ले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको छ । अल्मुताइरीको नाम उल्लेख नगरे पनि एएफसीले ‘एक अनधिकृत व्यक्ति उनलाई मान्यता नदिइएको एक्रिडिटेसन कार्डसहित खेलअघि टिमको ड्रेसिङ रुम र खेलपछि मैदानमा प्रवेश गरी प्रतियोगिताको नियमावली उल्लंघन गरेको’ भन्दै एन्फालाई जरिवाना गर्ने निर्णय गरेको हो ।

 एन्फाले १ हजार ५ सय डलर ९० दिनभित्र तिर्नुपर्नेछ । दुई वर्षभित्र उक्त घटना दोहोर्‍याएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
 
जोर्डनविरुद्ध २–० र कुवेतविरुद्ध ४–१ ले हारेको खेलमा अल्मुताइरीलाई पहेँलो कार्ड देखाइएको थियो । त्यसैले उनी इन्डोनेसियाविरुद्ध ७–० को लज्जास्पद हार बेहोरेको १४ जुन, २०२२ को खेलमा निलम्बनमा परेका थिए । उनी खेलका दौरान भने प्यारापिटमा देखिएका थिए । उक्त खेलमै एएफसीले ‘पहिलो हाफ ढिला सुरु गराएको’ भन्दै एन्फालाई थप १ हजार डलर जरिवाना गराउने निर्णय पनि गर्‍यो । त्यसैले एन्फा नेपालको एउटै खेलमा ७ हजार डलर जरिवानामा परेको छ ।