भदौ १४, २०७९ मंगलबार

काठमाडौँ । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय गृहमन्त्री अमित शाहबीच सोमबार नयाँ दिल्लीस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध र हितबारे कुराकानी भएको थियो।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनामा भइरहेका प्रगतिलगायतका विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ ।